Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ ३, २०७९ ०६:१४:११
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी
लिखुपिके गाउँपालिकाले बनायो नेपाली कांग्रेसका उम्मेदवार मिनालाई विजयी
माप्यदुधकोशी गाँउपालिकामा गठबन्धनलाई उछिन्दै बुद्धिकिरणको अग्रता कायमै
थुलुङदुधकोशी गाँउपालिकामा अशिम राई जित नजिक
शिक्षा/स्वास्थ्य
  • Home
  • News
  • वर्षायाममा किसानको प्यारो साथी बन्दै 'गम्बुट'
वर्षायाममा किसानको प्यारो साथी बन्दै 'गम्बुट'
असार १, २०७७ गुड मर्निङ मिडिया

सोलुखुम्बू । सोलु दूधकुण्ड नगरपालिकाकी पशि शेर्पा र पेमा शेर्पाले घुँडासम्म आउने गम्बुट लगाएर मकै गोडिरहेका थिए । प्रायः युवतीहरुलाई अन्य चप्पल लगाएर काम गरेको देखिरहेको हुँदा सोध्न मन लाग्यो, गम्बुट लगाएर पो मकै गोड्दै हुनुहुन्छ त

दुवै जनाले भने, ‘हजुर गम्बुट लगाएर काम गर्दा सजिलो हुन्छ नि, त्यही भएर हो । पशि भन्छिन्, बर्खा लाग्यो नि त, गम्बुट नलाए त बारीमा काम गर्नै गाह्रो हुन्छ । चप्पल त चिप्लो भएर चुँडिने डर हुन्छ ।’

वर्षायाममा सर्पको त्रासबाट बच्न सहज हुने भएको कारण धेरै जसो कृषकहरुले गम्बुट लगाएर काम गरेको बताउँछन् ।

थुलुङ दूधकोसी गाउँपालिकाकी हरिमाया राई पनि गम्बुट लगाएर खेतबारीमा काम गर्दा सजिलो हुने बताउँछिन् । उनी भन्छिन्, ‘मलाई त गम्बुट लगाएर काम गर्न सजिलो लाग्छ । हिलो र पानीबाट पनि सजिलै बच्न सकिन्छ ।’

साना केटाकेटी बढी समय घर बाहिर खेल्न रुचाउने भएका कारण बच्चालाई जोगाउनका लागि गम्बुट सुरक्षित हुने अभिभावकहरु बताउँछन् । थुलुङ दूधकोसी गाउँपालिका ६ का अनिल राईले आफ्नो छोरालाई सधैँ गम्बुट लगाइदिने गरेको बताउँछन् । उनी भन्छन्, बच्चाहरुलाई चप्पल भन्दा गम्बुट सुरक्षित हुन्छ । ढुंगाले खुट्टा काट्ने डर् हुन्न । बच्चाहरु खेलिँरहदा कुनै बेला सर्प लगायत अन्य किराको डसाइबाट जोगिन्छन् ।’

यस्तै थुलुङ दूधकोसी गाउँपालिकाकै साधना राईले पनि गम्बुट कहिले पनि छुटाउँदिनन् । हरेक दिन उनी गम्बुट लगाएर मात्र मेलापातमा निस्कन्छिन् । उनी भन्छिन्, गाउँघरमा त धेरै जसो समय मेलापातमा नै बित्छ । चिटिक्क परेको चप्पल लगाएर त कामै छैन, काँडा अनि हिलोबाट बच्न त गम्बुट नै सजिलो लाग्छ ।

पासाङ माया राईले अलि पुरानो गम्बुट लगाएर आलु खन्दै थिइन् । उनी भन्छिन्, ुबर्खाको बेला गम्बुट लगाएर मेलामा काम गर्न साह्रै सजिलो हुन्थ्यो । तर यो वर्ष त गम्बुट नै किन्न पाको छैन। कतिपटक अर्डर गरेको तर पसलमा नै छैन अरे । यो पुरानो गम्बुटले कसरी बर्खा कटाउने होला

वस्तुगोठमा गोबर सोहर्न पर्ने भएको कारण वस्तुभाउ गर्न सजिलो हुने पासाङमायाको भनाइ छ । उनी भन्छिन्, वस्तुभाउ गर्नुपर्ने भएकाले हिउँद बर्खा नै गम्बुट लगाउँछु । गाईभैँसीको मल सधैँ सोहोर्नुपर्छ, खाली खुटा हुँदैन गम्बुट लगाउनुपर्छ ।’

गम्बुटको माग बढेको भए पनि यस वर्ष लकडाउनका कारण ढुवानी गर्न नसकिएको व्यापारी केशर कार्की बताउँछन् । गम्बुट केही लामो समय खप्ने भएको कारण पनि सबैको रोजाइमा पर्ने कार्की बताउँछन् ।

जेठदेखि भदौ महिनासम्म गम्बुटको व्यापार हुने गरेको बताउने कार्कीले यो वर्ष वैशाखमा नै स्टक सकिएको बताएका छन् । उनी भन्छन्, ‘लकडाउनले गर्दा यसपालि १ जोर पनि गम्बुट ल्याउन सकिएन । गत वर्षको स्टकमा केही जोर बाँकी थियो, त्यही मात्र बेचेको हो यो वर्ष ।’

गम्बुट किन्नका लागि ग्राहकहरु धेरै आउने गरेको भए पनि स्टक नभएका कारण खाली हात फर्काउनु परेको उनी बताउँछन् । उनी भन्छन्, धेरैले गम्बुटको माग गरिरहेका छन्, तर लकडाउनका कारण ल्याउन नसक्दा ग्राहाकहरुको माग पूरा गर्न सकिएन । यो वर्ष ल्याउन नसकिने भो ।’

कार्कीका अनुसार महिला र पुरुषले लगाउने १ जोर गम्बुटको ५ सय र ५ सय ५० रुपैयाँ पर्न जान्छ । गाउँघरमा मेलापात र वस्तुभाउ गर्नुपर्ने भएको कारण गम्बुट सबैको रोजाइमा परेको छ । सर्प लगायत अन्य किराहरुको डसाइबाट बच्नका लागि गम्बुटले धेरै मद्दत गर्ने भएकाले पनि गम्बुट बर्खाको समयमा सबैको प्यारो साथी जस्तै बनेको छ

सोमवार, असार १, २०७७, ०३:०६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
माप्य दुधकोशीमा ५ शैयाको कोभिड अस्पताल सञ्चालन
लकडाउनको समयमा बिधार्थीलाई गृहकार्य
भोलिबाट सुरु हुने भनिएको एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित
कोरना भाईरस सम्बन्धि विद्यालयमा सचेतना कार्यक्रम
शिक्षा/स्वास्थ्य
(एसई) परीक्षा आगामी चैत ६ गतेदेखि हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएका बिधार्थीले समेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।
64x64
पुष १, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
शिक्षा/स्वास्थ्य
आजबाट नेपाल दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्दै नेपाल आजदेखि दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्दैछ । दिउँसो १२ बजे राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा आयोजित ‘खुला दिसामुक्त एवं पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल समारोह’मा प्रधानमन्त्री केपी शर्मा ओलीले
64x64
आश्विन १३, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी जेठ २, २०७९ 29
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी
लिखुपिके गाउँपालिकाले बनायो नेपाली कांग्रेसका उम्मेदवार मिनालाई विजयी
माप्यदुधकोशी गाँउपालिकामा गठबन्धनलाई उछिन्दै बुद्धिकिरणको अग्रता कायमै
थुलुङदुधकोशी गाँउपालिकामा अशिम राई जित नजिक
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2022 All rights reserved.
Powered by: RaraCMS