माप्य दुधकोशीमा ५ शैयाको कोभिड अस्पताल सञ्चालन
सोलुखुम्बु - माप्य दुधकोशी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । संघीय सरकारको निर्णय अनुसार गाउँपालिकाको वडा नम्बर ३ दाम्कुमा ५ शैयाको कोभिड अस्पताल सञ्चालनमा आएको गाउँपालिका स्वास्थ्य संयोजक जितेन्द्र कुमार यादबले जानकारी दिए ।
अस्पताल निमार्णका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई १० लाख रकम उपलब्ध गराएको थियो । स्थानीय तहमा कोभिड १९ अस्थायी अस्पताल सञ्चालन सम्बन्धी मार्गदर्शन २०७७ जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ सय ४९ वटा स्थानीय तहलाई बजेट उपलब्ध गराएको थियो ।
सो अनुसार माप्य दुधकोशी गाउँपालिकाले अस्पताल निमार्ण गरि सञ्चालनमा ल्याएको हो । कोरोना भाइरस संक्रमितको उपचारका लागि आबश्यक स्वास्थ्य सामग्री र १ जना डाक्टरको ब्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
सोलुखुम्बु समाचार