आज वि.सं. २०७५ साल चैत ९ गते शनिबारअँग्रेजी पात्र अनुसार सन् २०१९ मार्च २३ तारिख नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्षका तृतीया तिथि
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
उत्साहपूर्ण दिन रहनेछ प्रतीक्षा गरिएको फल उपलब्धि हुनेछ । मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। रमाइलो यात्राको अवसर आउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने अतिथि–सत्कार प्राप्त हुनेछ। सुमधुर दाम्पत्यले मन प्रफुल्ल रहनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
बृष राशि हुने बयक्तिहरु आजको दिन अवसरवादीहरूबाट विशेष सजग रहनुहोला बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन तपाईको शुभचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ। व्यापारमा राम्रै उपलब्धि हासिल हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थिति अलि संघर्षपूर्ण रहने देखिन्छ। प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन्। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। नयाँ काममा योजना बनाएर अघि बढ्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले मात्र साथ दिनेछन् दिन राम्रै रहेको छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, ट)
आश्वासन बाँड्नेहरूले व्यवहारमा झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। परिस्थितिवश काममा बाधा हुनेछ। तापनि हिम्मतले काम लिँदा परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ।। अग्रजहरूको सहयोग प्राप्त हुनाले बिस्तारै काम सम्पादन हुनेछन्।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आज तपाईले योजना गोप्य राखेर अघि बढ्नुहोला शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। धेरै बोल्दा अलि ध्यान पुराएर मात्रै बोल्नु बेस हुनेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूका विषयमा चासो नलिएकै राम्रो हुनेछ । आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज धनु राशिहुनेहरुलाई आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्ने सम्भावना छ। मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तपाईलाई आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन । सहयोगीहरू पछि हट्नेछन्। जीवनशैली व्यस्त देखिए पनि सामान्य काममा समय बित्नेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आफन्त सँगको भेटघाट को पनि योग देखिन्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका ब्यक्तिहरुले मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिहुनेहरुका लागि आजको दिन कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हिसाबकिताबमा होसियार रहनुहोला अध्ययनमा त्यति समय दिन नसकिएला। पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ ।समय माध्यम खालको रहेको छ ।
तपाईको आजको यो भाग्यले जे जस्तो भनेपछि तपाई कर्म र मेहनतमा लागिपर्नुहोस त्यही कर्मले तपाईको भाग्य चम्किलो बनाउनेछन । शुभ दिन शुभ समय