तपाईको साप्ताहिक राशिफल बैसाख ८ देखि १४ गते सम्मको
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरुका लागि आजको साता प्रियजनसँग रमाइलो भेटघाट भए पनि पनि साताको प्रारम्भ केही उतारचढावमय रहनेछ। लगनशीलताले केही अवसर भने दिलाउनेछ। स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। मंगलवारसम्म अलि अप्ठ्यारो परिस्थिति सुल्झाउन जुट्नुपर्ला। काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। परिबन्धले केही झमेला निम्त्याए पनि सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तपाईको योसाता व्यवहारमा केही उल्झन देखिए पनि हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतिद्वन्द्वीहरूसँग जोगिएर काम लिनुपर्ला। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। तर फजुल खर्च र वादविवादले समस्या समेत निम्त्याउन सक्छ। परिवारमा असमझदारी बढ्नाले पनि अप्ठ्यारोमा परिनेछ। बुधवारदेखि स्वास्थ्यबाधा देखा परे पनि सहयोगीहरूले साथ दिनेछन्। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना को योग रहेको छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
मिथुन राशिका लागि यो साता आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। सोमवार र मंगलवार भने प्रतिस्पर्धीहरूले भने विभिन्न अवरोध सिर्जना गर्लान्। नयाँ योजना सार्वजनिक नगर्नुहोला। बुधवारदेखि स्थितिमा सुधार आउनाले व्यापार र उद्योगमा फाइदा हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा स्वास्थ्य कमजोर रहनेछ भने काम बिग्रने डरले पनि सताउन सक्छ अलि ध्यान पुराउनुहोला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
तपाईको यो साताआसलाग्दो देखिए पनि अरूको भर पर्दा महत्वाकांक्षा अधुरो रहनेछ। आफन्तजनमै ईर्ष्यालु मनोवृत्ति बढ्न सक्छ। सोमवार र मंगलवार पहिलेको स्थितिमा सुधार आउनाले बाधाहरू हट्नेछन्। अध्ययनमा धेरै समय दिन नसकिए पनि लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। बीचमा फजुल खर्च बढ्न सक्छ। आँट गर्न नसक्दा काममा पछि परिनेछ। तापनि सप्ताहान्तमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता पनि ल्याउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिनेछ। समय माध्यम खालको रहेको छ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रारम्भ उत्साहवर्द्धक देखिए पनि यो सातामा केही उतारचढाव समेत आउनेछन्। पारिवारिक असमझदारीले केही अवरोध निम्त्याए पनि आँटले महत्वाकांक्षा पूरा हुनेछ। आफन्तजनमा आत्मीयता बढ्न सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा धेरै समय दिन नसकिएला। मिहिनेतले पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। साताको अन्त्यमा भने लक्ष्य प्राप्त हुनेछ। अवसरले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले पनि सम्झौताको ढोका खोल्नेछन्
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका ब्यक्तिहरुलाई प्रारम्भमा अवसरका लागि केही दौडधुप गर्नु परे पनि सामान्य लाभ उठाउन सकिनेछ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ। सोमवारदेखि समय केही संघर्षमय रहनेछ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि घरेलु काम सम्पादन हुनेछन्। पारिवारिक असमझदारी देखिए पनि बुद्धिको उपयोगले काम लिने कोसिस गर्नुहोला। सप्ताहान्तमा परिस्थितिमा सुधार आउनेछ। स्वास्थ्यका लागि भने खानपानमा सजग रहनुपर्ला ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तपाईको यो साता आगन्तुकहरूले अलमल्याए पनि पारिवारिक भेटघाटले रमाइलो माहोल रहनेछ। केही चुनौती देखिए पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। तर, अलि जोखिमपूर्ण जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला। काममा सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला। सप्ताहान्तमा पारिवारिक असमझदारी बढ्न सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सोमवारदेखि परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। भेटघाटमा अलमलिनाले काममा भने बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। बोली तथा हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिएला। सप्ताहान्तमा स्थिति अनुकूल हुनाले बुद्धि लगाउँदा लक्ष्यमा पुगिनेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्गे धन संग्रह हुनेछ। सोमवारदेखि खर्चको योग देखिए पनि पछिका लागि लगानी गर्ने समय छ। आफन्तजनबाट टाढिनुपर्ला। लामो यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ। बुधवारदेखि स्वास्थ्यमा मौसमी गडबडी देखापर्ने समय रहेकाले खानपानमा सजग रहनुहोला। आगन्तुकहरूले अलमल्याए पनि लगनशीलताले काम बन्नेछ। सप्ताहान्तमा पहिले दिएको वचन पूरा गर्न नसक्दा समस्या देखापर्नेछ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवरोध सामना गर्नुपरे पनि प्रतिष्ठितद्वारा नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर छ। तर, बीचमा अनियन्त्रित खर्च पनि हुनेछ। परिस्थितिवश अर्थ अभाव देखा पर्नाले चिताएको काममा बाधा पुग्नेछ। बुधवारदेखि खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ। तापनि सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ भने राम्रै परिणाम हातलागी हुने देखिन्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने स्थिति भने आउन सक्छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो,द )
प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। बीचमा अवसरका लागि चुनौतीसँग लड्नुपर्ला। आफ्नैले काममा बाधा पुर्याउन सक्छन्। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। मिहिनेतले दाम र इनाम दिलाउन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट लाभ मिल्नेछ। सप्ताहान्तमा फजुल खर्चले अर्थ अभाव देखा पर्न सक्छ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
स्वास्थ्य कमजोर रहे पनि कामतर्फ सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन्। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। नाम, दाम र इनाम हात पार्ने समय छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। आफ्नो प्रसिद्धि पनि बढ्नेछ। आम्दानीको स्रोत सबल बन्नुका साथै दिगो फाइदा हुने काम सुरुआत होला। धार्मिक मनोवृत्ति बढ्नेछ। तर विवादास्पद काममा जुट्नुपर्ला। सप्ताहान्तमा नाम, दाम र इनाम प्राप्त हुनाले जीवनशैलीमा सुधार आउनेछ।