Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ ३, २०७९ ०७:१६:२९
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी
लिखुपिके गाउँपालिकाले बनायो नेपाली कांग्रेसका उम्मेदवार मिनालाई विजयी
माप्यदुधकोशी गाँउपालिकामा गठबन्धनलाई उछिन्दै बुद्धिकिरणको अग्रता कायमै
थुलुङदुधकोशी गाँउपालिकामा अशिम राई जित नजिक
पर्यटन
  • Home
  • News
  • खुम्बु हिँडेका पर्यटक मौसम खराबीका कारण अन्त जाँदै
खुम्बु हिँडेका पर्यटक मौसम खराबीका कारण अन्त जाँदै
खुम्बु क्षेत्रको मौसम प्रतिकुल हुँदा यता आउन हिँडेका अधिकांश पर्यटक अन्यत्र जान थालेका छन् ।
भदौ ३१, २०७६ गुड मर्निङ मिडिया

भदौ ३१ मंगलबार २०७६
सोलुखुम्बु ( खुम्बु क्षेत्रको मौसम प्रतिकुल हुँदा यता आउन हिँडेका अधिकांश पर्यटक अन्यत्र जान थालेका छन् ।
काठमाण्डौबाट लुक्ला उडानकोे पर्खाइमा बसेका पर्यटकहरु हवाइ सेवा प्रभावित हुनेबित्तिकै अन्नपूर्ण पदमार्ग तर्फ जान थालेका पर्यटन व्यवसायीहरुले बताएका छन् ।
सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरु खुम्बुको विकल्पको रुपमा अन्नपूर्ण क्षेत्रलाई रोज्ने गरेको पर्यटन व्यवसायी लामा काजी शेर्पाको भनाइ छ । उहाँका अनुसार ४ दिनसम्म लुक्लामा कुनै पनि उडान नहुँदा करिब ९ सयको हाराहारीमा खुम्बु आउने पर्यटकहरु अन्य पदमार्ग तर्फ लागेका हुन् ।
लुक्लाको उडान रद्ध भएपछि पर्यटकसमेत अन्नपूर्ण क्षेत्र जानेगरी गन्तव्य परिवर्तन गर्नेगरेको टानका अध्यक्ष खुम बहादुर सुबेदीले बताउनुभयो । विदेशी पर्यटकहरुको हवाइ मार्गमा चाप अत्याधिक भए पनि मौसम प्रतिकूल हुँदा समस्या भएको स्काइ नेपाल ट्रेक्स् प्रा.लि काठमाण्डौका निर्देशक बल बहादुर दर्नालले बताउनुभयो ।
खुम्बु आउने एक मात्र सहज माध्यम मानिएको हवाई सेवा प्रभावित हुँदा जिल्लाको पर्यटन क्षेत्रमा ठूलो असर परेको पर्यटन ब्यवसायीहरुको भनाई छ ।

लुक्लाको होटल भरिभराउ
मौसम प्रतिकूल भएर उडान नभएपछि लुक्लाको होटल खचाखच भरिएको छ । भ्रमणको निश्चित समय सकेर माथिल्लो क्षेत्रबाट फर्केका पर्यटकहरु उडान नहुँदा लुक्लामै बसेका छन् । विगत ४ दिनदेखि मौसम खराबीका कारण कुनै पनि उडान तथा अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका वरिष्ठ अधिकृत रोहित कर्णले जानकारी दिनुभयो ।
होटल व्यवसायी जाङमु शेर्पाका अनुसार अहिले लुक्लामा ४ सय जनाभन्दा बढी पर्यटकहरु काठमाण्डौ जानका लागि विमानको पर्खाइमा छन् । खुम्बुको माथिल्लो क्षेत्रको भ्रमण सकेर फर्केका पर्यटकहरु लुक्लामा विमानको पखाइमा बसेका हुन् ।
उपभोग्य वस्तुको मूल्य समेत बढ्ने
हवाइ सेवा अवरुद्ध हुँदा खुम्बु क्षेत्रमा खाद्यन्नको भाउ बढ्ने सम्भावना बढेको स्थानीयले बताएका छन् । खुम्बु क्षेत्रमा ढुवानी हुँदै आएको कार्गो सेवासमेत मौसमका कारण बन्द भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने पर्यटन व्यवसायी लामा काजी शेर्पाले बताउनुभयो । हवाइ सेवा अवरुद्ध हुँदा ढुवानी बन्द हुने र ढुवानी भएका खाद्यन्न समेत सकिँदै जाने भएकाले मूल्य बढ्ने उहाँको भनाइ छ ।
मजदुर भन्छन खर्च अभाव हुने भयो ।उडान नभएपछि रोजगारीको खोजीमा खुम्बु पुगेका मजदुरलाई समेत समस्या भएको छ । जिल्लाको तल्लो क्षेत्रबाट कामको सिलसिलामा खुम्बु पुगेका अधिकांश युवाहरु पर्यटक नआएपछि त्यतिकै बस्न बाध्य भएका छन् ।
रोजगारीको खोजी गर्दै लुक्ला पुगेका महाकुलुङका लक्ष्मण खालिङका अनुसार लुक्लामा सयौँ युवा पर्यटकको पर्खाइमा छन् । पर्यटकीय सिजन सुरु भएसँगै कामको खोजीमा खुम्बु पुगेकाहरु मौसम प्रतिकूलताका कारण समस्यामा परेका उहाँको भनाइ छ ।
कोठामै बसेर खाँदा खर्चसमेत सकिएको अर्का मजदुर मन कुमार राईले बताउनुभयो । जिल्लाको तल्लो क्षेत्रका स्थानीय यो सिजनमा पर्यटक भरिया, सहयोगी, सिकर्मी, डकर्मीको रुपमा खुम्बु क्षेत्र जाने प्रचलन रहेको छ । उनीहरु महत्वपूर्ण चाड दशैँ तिहारमा समेत खुम्बु क्षेत्रमै पर्यटकसँग रमाउने गर्छन् ।

source -ujyaloonline

मगलवार, भदौ ३१, २०७६, ०८:०९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२० मा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य अपुरो
“भ्रमण वर्ष एक वर्षका लागि मात्रै होइन” पर्यटनमन्त्री भट्टराई
अनुमतिबिनै आमादब्लमको चुचुरोमा १ सय ५० केजीको विशाल कुवेती झण्डा
टानको अध्यक्षमा खुम सुवेदी विजयी
पर्यटन
गुडमर्निङ मिडियाको लोगो खाङग्री हिमालमा गुडमर्निङ मिडियाको लोगो सहितको झण्डा साउन ८ गते बुधबार इन्डियाको ६१२३ मिटर उचाई रहेको, स्र्टोक खाङग्री हिमालमा फहराईको छ ।
64x64
श्रावण ८, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
पर्यटन
वङ्डा शेर्पाको पहिलो पटक सगरमाथा चढ्दाको अनुभब साविकको पात्ले ३ हाल मोलुङ गाउँपालीका वडा नम्बर ७ सुर्के ओखलढुंगा निवासी बुवा गेल्जे शेर्पा तथा आमा सर्किनी शेर्पाका माईला छोरा हुन वङ्डा शेर्पा ।
64x64
असार १७, २०७६ गुड मर्निङ मिडिया
पुरा पढ्नुहोस्
ताजा समाचार
मानेभञ्ज्याङको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली बिजयी जेठ २, २०७९ 29
पार्टीले पत्याएन, नरेन्द्र बस्नेतलाइ मतदाताले पत्याए
गाउँपालिका अध्यक्षमा फेरि दोहोरिए बुद्धिकिरण
महाकुलुङ पालिका अध्यक्षमा सुर्य र उपाध्यक्षमा बिपना
ओखलढुँगाको खिजीदेम्बामा शेर्पाको अग्रता
सोलुदुधकुण्ड नगरपालिका ः नाम्गेल लाई पछ्याउदै आङकाजी
लिखुपिके गाउँपालिकाले बनायो नेपाली कांग्रेसका उम्मेदवार मिनालाई विजयी
माप्यदुधकोशी गाँउपालिकामा गठबन्धनलाई उछिन्दै बुद्धिकिरणको अग्रता कायमै
थुलुङदुधकोशी गाँउपालिकामा अशिम राई जित नजिक
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • विश्व
  • खेलकुद
  • हाम्रो क्रियाकलाप
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2022 All rights reserved.
Powered by: RaraCMS