भाद्र २ सोमबार २०६७
काठमाण्डौ — जागिर होस या कुनै ठाउँको घुमफिर गरेर होस, घर फर्कदा जोकोही ब्यक्ति ले पनि घरका परिवार तथा आफन्तहरु भेटघाट गर्न जाँदा लैजाने चिज हो कोसेली । कोसेली भित्र खानेकरा देखि लिएर लगाउने कपडा सम्म तथा अन्य जुनसुकै कुराहरु हुन सक्छ ।
तर सोलुखुम्बुको आन्तरीक पर्यटकिय क्षेत्र पत्तालेका कृषकहरुले फलाएको बुङ को आलु बिभिन्न ठाँउहरुबाट आउने पाहुनाहरुले नयाँ चिज र मिठो मान्दै कोसेली लैजाने गरेका छन् ।
यो सिजनमा बाहिर बाट पाहुना आँउदा याँहाका स्थानियले खाजाको रुपमा बुङको आलुले पाहुनालाई स्वागत गर्छन । स्थानिय प्रकास मगरका अनुसार बाहिरी जिल्लाहरुबाट बिभिन्न कामको लागि तथा जागिर मा आउनेहरुले पनि घर फर्कदा आलु कोसेली लाने गरेको छ । बिशेष गरी काठमाण्डौ, बिराटनगर धरान,पोखरा तिर बुङको आलु कोसेली बनेर पुग्ने गर्छ ।
लगभग कृषकहरुले मंसिर महिना बाट सुरुमा बाँझो बारी ताछेर चपरीलाई गोलो पारी एक ठाउमा जम्मा पारेर डढाउने गर्छन । चपरी पुरै डढाएपछि माटो मलिलो बन्छ, त्यसलाई बुङ भनिन्छ । त्यही माटोमा रोपेर फलेको आलु साउन महिनामा निकालिन्छ । प्राय लेकाली भेगमा मात्रै यसरी आलु रोपिन्छ ।
यसको लागि निकै दुख गर्नुपर्ने अन्य ठांउहरुको भन्दा स्वादमा पनि फरक र मिठास साथै अर्गानिक हुने भएकोले यसको भाउपनि उत्तिकै महंगो भएको बताउछिन स्थानिय धनुका मगर । उनका अनुसार बुङमा दुई खालका आलु रोपिन्छ सेतो र रातो यो मध्ये पनि रातो आलुको बढी माग र बिक्री हुने भएकोले मुल्य पनि सेतो आलुको भन्दा ५० रुपैयाले महँगो छ । एक पाथी सेतो आलुको मुल्य २ सय रुपैया छ भने रातो आलुको २५० रुपैया मुल्य रहेको छ ।
त्यस्तै यो बर्ष बुङ लगाउने बेलामा हिंउ पर्ने साथै सिचोको कारण, गत सालको जत्ति आलु उत्पादन नभएको स्थानिय बबिता मगरले बताईन् । बिभिन्न ठांउहरु बाट आलुको माग आएपनि, उनीहरुले भनेजत्ति माग पुरा गर्न नसकेको बबिताको भनाईलाई उद्रित गर्दै त्याहाँबाट शिक्षक दान बहादुर कुलुङले जानकारी दिनुभयो ।