साउन १४ मंगलबार २०७६
सोलुखुम्बु —खुम्बुपासाङल्हमु गाउंपालिका वडा नम्बर १ खरिखोला का भलाकाजी मगर पेशाले शिक्षक हुनुहुन्छ । २०६० सालदेखि उहां शिक्षण पेशामा हाल सम्म पनि आबद्ध हुनुहुन्छ ।
तर उहाँं शिक्षक मात्रै होईन । एक सफल कृषक पनि हो ।

धेरैलाई लाग्न सक्छ बिहान १० देखि ४ बजे सम्म त बिद्यालयमै हुनुपर्छ कसरी सम्भब छ खेती गर्न ? अनि शिक्षक ले पनि खेतबारीमा काम गर्ला र ? भन्ने लाग्न सक्छ, तर शिक्षक भलाकाजी मगर को भने सोंच त्यो भन्दा फरक छ । उहाँ आफ्नो पेशा प्रति गर्ब गर्नुहुन्छ ।
उहाँले किवी खेति सुरु गर्नु भएको लगभग ५ बर्ष भयो । बिद्यालय भन्दा बाहिरको समय कत्ति पनि खेर नफाली मगर किवी खेतीमै ब्यस्त हुनुहुन्छ । अहिले उहाँको २ सय बोट किवी को बिरुवा छन् ।

यो खेती गर्न उहां एक्लै हुनहुन्न साथमा ब्वा र आमाले पनि सघाउनुहुन्छ ।
२०७१ सालमा सोलुखुम्बमा प्याक्ट कार्यक्रम ले खेति गर्न चाहानेहरुलाई कुन खेति गर्ने हो गर्न चाहेमा अनुदान सहित सहयोग गर्ने थाहा पाएपछि शिक्षक मगर ले आफुलाई अरु खेतिमा भन्दा किवी खेतिबाट आर्थिक बिकास गर्न सकिन्छ भन्ने लागेर, प्याक्ट कार्यक्रमबाट ४,३७,००० अन्दान सहित आफ्नै ५ लाख लगानीमा उक्त खेतिको सुरु गरेको बताउनुभयो ।
उहां भन्नुहुन्छ “परिश्रम गरेर खान लाज मान्नेहरुले यो काम गर्न सक्दैन,यदि लाज मान्थे भनेत म पनि शिक्षक हुँ यो खेति किन गर्थे ? आफ्नै खेर गैरहेको जग्गामा परिश्रम गरेर यसरी खेति गर्न सके आम्दानीको बाटो निकै हुनेरहेछ , आर्थिक बिकास पनि , अनि त बिदेश किन जानु ?”
अहिलेका युवाहरु गाउंमा केही गर्न नसकेपछि बिदेश जाने गर्छन तर केही समय नआत्तिकन आफ्नै गाउको माटोमा पैसा फलाउन सकिने संदेश दिनुहुन्छ शिक्षक तथा कृषक भलाकाजी मगर

गत बर्ष मात्रै १५ सय केजि भन्दा बढी बिक्री गरि किवीले आम्दानी निकै राम्रो दिएको उहांको भनाई छ ।
गत सालको जस्तै फल लागेपनि बिचमा ढुसि लागेर फल झर्ने समस्या देखा परेकोले यो बर्ष चाहि त्यति नहोलाकी भन्ने उहालाई चिन्ता लागेको छ । तर यो समस्याको पनि बिज्ञहरुसंग सल्लाह भैरहेकाले समाधान ह’नेमा उहां बिस्वस्त हुनहुन्छ ।
यहि बर्ष किवीकै नर्सरी पनि उत्पादन गर्ने प्रक्रियामा रहेको मगरले जानकारी दिनुभयो ।
आर्थिक बिकासको लागि आफ्नै माटोमा पसिना बगाउन सके अन्त जान नपर्ने, भएन भनेर आत्तिने होइन त्यसलाई अझै कसरी माथी उकास्न सकिन्छ भन्ने कुराको खोजी गर्नु पर्ने शिक्षक तथा कृषक मगरको संदेश छ ।

साथै अर्गानिक किवी उत्पादन गर्न ,नर्सरीको लागि प्रदेश कृषि मन्त्रालय बिराटनगर बाट अनुदान १९ लाख २५ हजार ७ सय मा निजी २५ प्रतिशत लगाएर ग्रिन हाउस समेत तयार भैसकेको मगरले जानकारी दिनुभयो । र अबको आबश्यक्ता भनेको सकेसम्म कृषकहरुले अर्गानिक खेतिमा जोड दिनुपर्ने भन्दै उहांले ,त्यसको लागि कृषकहरुलाई अनुदान सुलभ तरिकाले सरकार तथा गाउपालिकाले पनि दिनुपर्ने उहांको माग छ ।
