माघ २८, सोमबार । काठमाडौँ ।
गुड मर्निङ मिडिया एण्ड प्रोडक्सन प्राइभेट लिमिटेड्को उद्घाटन भएको छ । मसिंर २७ मा कम्पनि रजिष्टार कार्यालयमा औपचारिक रुपमा दर्ता भई सत्य तथ्य तथा निष्पक्ष समाचार सम्प्रेषण गर्ने उद्धेश्यले स्थापना भएको अनलाईन मिडियाले आईतबार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा उद्घाटन गरेको हो ।
उद्घाटन समारोहमा बोल्नुहुँदै गुड मर्निङ मिडिया एण्ड प्रोडक्सन प्राइभेट लिमिटेड्का प्रबन्ध निर्देशक यमुना मगरले सत्य तथ्य तथा निष्पक्ष समाचार सम्प्रेषण गर्ने क्रममा कोहिसँग पनि सम्झौता नहुने तथा दवाब भन्दा बाहिर रहेर काम गर्ने बताउनुभयो । उहाँले हरेक ठाउँको गतिविधि तथा क्रियाकलापहरुलाई समाचारको माध्यमद्धारा जनता समक्ष ल्याउनका लागि आफनो क्षेत्रबाट लागि परिरहने समेत प्रतिबद्धता जनाउनुभयो ।
गुड मर्निङ मिडिया एण्ड प्रोडक्सन प्राइभेट लिमिटेडका संस्थापक सुरज थापा मगरले उद्धेश्यदेखि विचलित नभई पत्रकारको नैतिकता भित्र रहेर समाचार सम्प्रेषणको कार्य गर्ने बताउनु भएको छ । उहाँले समाजको हितमा काम गर्ने बताउनुहँदै दूरदराजका कुराहरुलाई विशेष प्राथमिकता दिएर अघि बढ्ने उल्लेख गर्नुभयो ।
एकतर्फि तथा असत्य समाचार कहिले पनि समाचार नहुने कार्यक्रममा उपस्थित विभिन्न व्यक्तिहरुको भनाई रहेको थियो । यस्ता कार्यले जनतालाई बिथोल्ने भन्दै द्धुविधा नहुनेगरि सिधा जनताको पहुँचमा पुग्ने किसीमलेसमाचार सम्प्रेषण गर्न साथै सञ्चारका पहँचबाट टाढा रहेकाहरुलाई पनि अगाडि ल्याउन पहल गर्नका लागि आग्रह गर्दै असल कार्य गर्नका लागि शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्घाटन काठमाडौँ कपन स्थित रेन्वो किचन एण्ड सेकुवा हाउसमा भएको हो ।
गुड मर्निङ मिडिया एण्ड प्रोडक्सन प्राइभेट लिमिटेडका सम्पूर्ण समाचारहरु हेर्न वा पढ्नको लागि goodmorningtimes.com र Good Morning Media सर्च गरि युट्वमा रहेका सामाग्री हेर्न सक्नुहुनेछ । साथै हाम्रो पेजबाट पनि हाम्रो क्रियाकलापहरु थाहा पाउन सक्नुहुनेछ ।
भिडियो