आज वि.सं. २०७५ साल चैत ३ गते आइतबार। अँग्रेजी पात्र अनुसार सन् २०१९ मार्च १७ तारिख नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्षको एकादशी तिथि
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिहुनेहरुलाई आजको दिन हतारको निर्णयले अप्ठ्यारो पर्न सक्छ । सजग रहनुहोला विशेष योजना सार्वजनिक नगरेकै राम्रो आफन्तको सहयोग जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। समग्र रुपमा आजको दिन रामे छ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आजको दिन तपाईको यदि अबसर आएको खण्डमा विचार पुर्याउनुहोला। सुरुमा काम बिग्रनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला व्यापारलगायत आर्थिक लाभ हुने काममा मन्दी आउन सक्छ। लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
मिथुन राशिका ब्यक्तिहरुलाई आजको दिन प्रशंसकहरू बढ्नेछन् भने शुभचिन्तकहरूले काममा सहयोग पुराउने देखिन्छ । विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ, बुद्धिको उपयोगले धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डा)
आजको दिन निकै रमार्यलो रहने योग छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू निकै बढ्नेछन ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आजको दिन अलि ध्यान दिनुहोला, व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। प्रयत्न गर्दा दिगो काम फेला पार्न सकिनेछ। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। पहिलेको कमिकमजोरीहरुलाई सुल्झाएर अगाडी बढ्न सकिने योग देखिन्छ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
अवसर प्राप्त भए पनि परिस्थितिवश केही समस्या समेत देखा पर्नेछन्। कामको राम्रै मूल्यांकन भए पनि आम्दानी बढाउन निकै मिहिनेत पर्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वपूर्ण काम बीचमा रोकिनाले आयआर्जन घट्न सक्छ। अलि बिचार पुराउनुहोला ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
केही सम्बन्धहरु सुधार्न निकै प्रयत्न गर्नुपला ,गोपनीयतामा सजग रहँदै प्रयत्न गर्दा विशेष जिम्मेवारी हातलागी हुनेछ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट विशेष सजग रहनुहोला मिहिनेतले लक्ष्यमा पुर्याउनेछ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन तपाईको मेहनत अनुसारको भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउने समय आएको छ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
आज तपाईको अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ ध्यान दिनुहोला ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
आजको दिन निकै रमाईलो रहने छ । घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। भने खर्चको पनि योग देखिन्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
तपाई को आज सानो काममा अधिक खर्च हुनाले चिन्ता नबढ्ला भन्न सकिन्न । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट विशेष सजग रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशि हुनेहरुका लागि आजको दिन अध्ययनमा सामान्य उपलब्धि प्राप्त हुनेछ । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला, चिताएको काम पूर्ण नभए पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ गोग रहेको छ ।