आज वि.सं. २०७५ साल चैत ४ गते सोमबार अँग्रेजी पात्र अनुसार सन् २०१९ मार्च १८ तारिख नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्षको द्वादशी तिथि
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिहुनेहरुलाई आजको दिन हतारमा निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आजको दिन तपाईको जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। काममा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
तपाईले आजबुद्धिको उपयोगल गर्दा विद्या तथा धन आर्जन गर्नसक्नेछन । भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन्। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। सहयोगीहरूले साथ दिनेछन् आजको दिन राम्रो छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाईलाई नयाँ कामको प्रस्ताव आउनेछ सहयोगीहरुले साथ दिनेछन् । बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको योग परेको छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च गर्ने समय देखिन्छ । आर्थिक अभाबले कही कामहरु रोकिन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। कसैलाई दिएको रकम भने फिर्ता हुनेछ योग छ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिहुनेहरुको आजको दिन । श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ आलि ध्यान पुराएर कार्यहरु गर्नुहोला अरुको बोलीमा बिस्वास नगरेकै राम्रो आजको दिन ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा कार्य्सिद्धिको समय छ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दीर्घकालीन योजना बनाएर नयाँ काम प्रारम्भ गर्ने बेला छ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कर्म गरे बापत भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतस् पछि पर्नेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएका काम पनि बन्नेछन् ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
काममा ध्यान नपुराए काम बिग्रने योग छ गोपनीयता बाहिरिनाले समस्या नआउला भन्न सकिन्न आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। ध्यान पुराएर मात्र काम गर्नुहोला ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
आफन्त साथीभाई सँग घुमफिर साथै मनोरञ्जनको समय छ भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। व्यवसायको सन्दर्भमा पनि रमाइलो यात्रा हुनेछ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिहुने ब्यक्तिहरुका लागि आजको दिन उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला बाकी समय राम्रो छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
योजना अनुसार समयमै काम सम्पादन हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ , साथीभाई तथा आफन्तसँग भेटघाटको योग देखिन्छ ।
आजको दिनसमय यो भाग्यमा लेखिएको अर्थात भाग्यले दिएको कुराहरुलाई तपाईले कर्ममा बिस्वास राखी कर्मले सिद्ध गर्नुहोस तपाई जिवन यसै उज्यालो बन्छ र लक्ष्य सम्म पुग्न गाह्रो छैन । शुभदिन