आज वि.सं. २०७५ साल चैत ५ गते मंगलबार अँग्रेजी पात्र अनुसार सन् २०१९ मार्च १९ तारिख नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष त्रयोदशी तिथि
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपार्यको प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउने छ मनको डर उत्साह छाउनेछ दिगो काम प्रारम्भ गर्ने समय छ आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ समय राम्रो छ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आजको दिन हतारमा निर्णय नलिनुहोला। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। आफन्त सँग सहकार्य गरेर अगाडी बढे तपाईको काम सिद्ध हुने योग देखिन्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
तपाईलाई आज विभिन्न अवसर प्राप्त भए पनि सफलताको यश अरूले लिनसक्छ ।आफू पर्दा्भित्रको पात्र भइनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिहुनेहरुको आजको दिन अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। समय सामान्य रहेको छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तका लागि बुद्धि र समय खर्चनुपर्ने देखिन्छ । लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ, नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न विलम्ब हुनेछ। भोजलगायत विशेष खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्यमा अलि ध्यान पुराउनुहोला ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
तपाईको आज अबसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। आस मारेको कामले उत्साह जगाउने योग देखिन्छ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज तपाईको मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि राम्रो नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन निकै राम्रो छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। विशेष भेटघाटले काममा उत्साह जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मेहनत गरेको फल प्राप्त हुनेदिन छ । सम्भावना खोजी गर्ने समय छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
समय माध्यम रहेको छ । शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम खर्च हुनेछ। आफ्नो गोपनीयता बाहिर नल्याउनुहोला स्वास्थ्यमा बिषेश ध्यान दिनुहोला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ, धन लाभ हुने योग देखिन्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशि हुने ब्यक्तिहरुको आजको दिन मिहिनेतले प्रतिस्पर्धाको को कार्यहरुहरु जिताउन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। रिस डाडा गर्नेहरु प्रशस्तै भेटिन्छन । तर तपाईले गरेको कामले आफै पछि परिने छ ।
आजको दिनको भाग्य हो यो । तर यो भाग्यलाई कर्ममा बदल्नुस तपाईको कर्मले तपाई भाग्य बलियो देखिन्छ शुभ दिन,शुभ समय