मंसिर २१ शुनिबार २०७६
काठमाण्डौ - युवा गायक जनम थुलुङको मरे कटुञ्जे बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । अडियो केही समय पहिलेनै सार्बजनि भएपनि भिडियो भने भर्खरै युटुबमा आएको हो । खुक्सङ खम्बुको शब्द तथा जनम थुलुङकै संगित र स्वर मा रहेको मरे कटुञ्जे बोलको गितलाई श्रोताले अत्याधिक मात्रामा मन पराएर भिडियो हेर्ने मोह राखेपछि आफुले भिडियो सार्बजनिक गरेको गायक जनम थुलुङले जानकारी दिनुभयो ।
थुलुङले यस गितको कटुञ्जे शब्दमा किरातीहरुको इतिहास जोडिएको बताउनुभयो । “पहिले किरातीका पुर्खाहरुले कटुञ्जे भन्ने ठाउँमा ज्यानको वलिदान गरेकोले मरेपछि पुर्खा भएकै ठाँउ कटुञ्जे पुुगिन्छ भन्ने बिस्वास रहेको छ । समग्र रुपमा कटुञ्जेको अर्थ स्वर्ग भन्ने बुझिन्छ ”उहाँले भन्नुभयो ।
खोटाङ जिल्लालाई कलाकारको जिल्ला भनेर चिन्ने गर्छन । त्यहि खोटाङमै जन्मिनुभएका युवा गायक जनम थुलुङको आवाजमा पाँच दर्जन भन्दा बढी गितहरु बजारमा आईसकेका छन् । पहिलेको गितहरुलाई जस्तै श्रोता दर्शकले यस गितलाई पनि मायाँ गरेर सुझाब दिन उहाँको अनुरोध छ । मरे कटुञ्जे गितको भिडियोलाई जनम थुलुङकै युटुब च्यानलमा भेट्न सकिन्छ ।
हेरौ भिडियो पनि