२०७८ साल बैशाख १६
कोरोनाको जोखिम रहेको उपत्यकाबाट मानिसहरु गाँउघर भित्रिन थालेपछि पुन गाँउघरमा त्रास बढ्न थालेको छ । सरकारले कोरोनाको बढ्दो सम्भावना देखेसंगै दुई साता लागि निषेधज्ञा जारी गरेपछि फेरीपनि यस्ता समय लम्बिन सक्ने आधारमा मानिसहरु आफ्नो गाँउ फर्किन थालेको हो ।
गत साल पनि कोरोना महामारीले सर्बसाधारणको जिवन कष्टकर पारेको थियो त्यही कष्टकर जिवनलाई उकास्ने उदेश्य बोकेर उपत्यका प्रबेश गरेका मानिसहरु फेरी पनि गाँउ फर्किन बाध्य बनेको छ ।